२६ माघ २०८१, शनिबार । February 8, 2025

मुख्य खबर

फोनिज प्रदेश नं. १ अध्यक्षमा अर्जून जम्नेली




उदयपुर ३१ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) प्रदेश १ को अध्यक्षमा अर्जून जम्नेली राई सर्वसम्मत निर्वाचित भएका छन् ।
पूर्वी मोरङ र काठमाण्डौलाई कार्यक्षेत्र बनाएर झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय राईले गोरखापत्र, ब्लाष्ट लगायतमा सञ्चार माध्यममा काम गरिसकेका छन् । पच्छिलो पटक राष्ट्रिय दैनिकहरुमा स्तम्भ लेखन गर्दै आएका छन् ।
अध्यक्ष बाहेकका पदाधिकारी तथा सदस्य निर्वाचित हुन बाँकी छ । बाँकी पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गर्नका लागि छलफल भइरहेको छ ।
महाधिवेशनले २१ सदस्यीय प्रादेशिक कार्यसमिति निर्वाचित गर्नेछ । अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वाचित हुनेछन् ।
त्रियुगा नगरपालिका ९ राजाबासमा विहिबार सुरु भएको महाधिवेशन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए ।

प्रकाशित : ३१ श्रावण २०७६, शुक्रबार ००:००