![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/norgen.jpg?resize=712%2C351)
काठमाण्डौ । चर्चित गीत ‘मुसुमुसु हासिदेउँ न लैलैु’ र ‘गॉजलुले आँखै छोप्ने के राम्री मेरी मायालु’ तथा हिमालयन ब्याण्डका संस्थापक नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ।
सन् १९५० मा भारतको खर्स्याङमा जन्मिएका भुटियाको ६९ वर्षको उमेरमा सोमबार लन्डन अल्डरस्वट स्थित निवासमा निधन भएको हो। उनलाई घाँटीको क्यान्सर भएको थियो।
गायक भूतपूर्व गोर्खा सैनिक समेत हुन । उनका मुसुमुसु हॉसी देऊन लै लै, गॉजलुले आँखै छोप्ने के राम्री मेरी मायालु,। चिसो बताशले मलाई संदेश के ल्यायो,। मायाले माया गॉसी देऊ भएन प्रिती जोडी देऊ, फर्की हेर मेरो जिवन, चाद गुरॉश जब फुल्दछ,मलाई धेरै धेरै माया चाहिन्छ लगायत गीत श्रोतामाझ चर्चित छन्।
सन् १९७१ मा बेलायती सैनिक सेवामा प्रवेश गरेका नोर्देनले हङकङमा सन् १९७२ तीर उनका साथीहरूसँग मिलेर हिमालयन ब्याण्डको स्थापना गरेका थिए।
त्यसका लागि चाहिने बाजाहरू उनीहरूले पुराना किनेका थिए ।
आफ्ना साथीहरू पनि फौजसँगै हङकङ पुगेपछि व्याण्ड स्थापना सम्भव भएको थियो। नोर्देन गाउनका सार्थै संगीत र शब्द सिर्जना पनि आफै गर्थे।
‘फर्की हेरे मेरो जीवन तमाशा जस्तो, सम्झि हेरे सपना त अधुरै अधुरो’ यो गीत सन १९८२ मा रेकर्ड गराएर उनी सांगितिक दुनियाँमा प्रवेश गरेका थिए ।
उनलाई नेपाली श्रोतामाझ चर्चा दिलाउने गीत ‘गाजलुले आँखे छोप्नेु’ गीत अरूण थापाले तयार पारेका हुन्। अरूणका दाइ उदय थापा र नोर्देन साथी थिए । नोर्देनको निधनले नेपाली साँििगतिक क्षेत्र स्तब्ध बनेको छ ।
प्रतिक्रिया