![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/chand.jpg?resize=560%2C430)
काठमाण्र्डौ । प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना नेतालाई राजधानीबाट पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई पक्राउ गरेको हो।
काठमाडौंको बत्तीसपुतलीमा पार्टीको रणनीति बनाउने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।
पक्राउ परेकामध्ये डम्बरबहादुर गुरुङले पार्टीले निष्कासन गरेको भनिए पनि त्यसको आधिकारिक पुष्टि भएकोछैन।
प्रतिक्रिया