२२ माघ २०८१, मंगलबार । February 5, 2025

समाचार

काङ्सोरे स्मृति प्रतिष्ठान स्थापना




काठमाण्डौ । गोरखा लिम्बुवान युद्धका वीर योद्धा काङसोरेको स्मृतिमा प्रतिष्ठान स्थापना भएको छ । काङसोरेको सम्मानमा काङसोरे स्मृति प्रतिष्ठान निार्मण गरिएको हो ।
नवगठित नौ सदस्य प्रतिष्ठानको अध्यक्षमा राम कुमार नेयोङ चयन भएका छन् ।

लिम्बू समुदाय धार्मिक र राजनीतिक आरोप प्रत्यारोपको दलदलमा फसिरहेको बेला समुदायको हकहित र सामाजिक उत्थानको लागि केही गरौँ, जसले सिङ्गो समुदायमा एकता स्थापित गर्न भुमिका निभाउन सकोस र सामाजिक बिकासमा टेवा पुर्याओस भन्ने चिन्तन र उद्देश्यले निक्कै लामो छलफल र बहसपछि प्रतिष्ठान गठन गरिएको अध्यक्ष नेयोङले बताए ।
प्रतिष्ठानको केन्द्रिय कार्यालय संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा रहने छ ।

काङसोरे स्मृति प्रतिष्ठानले याक्थुङ समुदायको लोपोन्मुख भाषा संस्कृति, इतिहास र मुन्धुमको संरक्षण र बिकासमा भूमिका निभाउने, भाषा र संस्कृति संग सम्बन्धित पुस्तक,साहित्य, ऐतिहासिक स्थल र ब्याक्तीत्वहरू को खोज अनुसन्धान गर्ने, समुदाय लाई एकता र सम्बृद्धिको दायरामा उभ्याउने उदेश्य रहेको छ । प्रतिष्ठानको कार्य योजना अनुरूप विशाल नेपाल एकिकरणताका गोरखा(लिम्बुवान युद्धमा सहिद भएका लिम्बुवानी सेनाका महावीर र पराक्रमी योद्दा काङसोरे लिम्बूको युद्ध स्मारक निर्माण गरिने र त्यसको लागि देश परदेशमा सहयोग संकलनको अभियान सुरु गरिने प्रतिस्ठानका सल्लाहाकार सन्तकुमार थलङले बताए ।

प्रकाशित : २० श्रावण २०७६, सोमबार ००:००