![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2017/02/accident-logo-web_6-620x330.jpg?resize=620%2C330)
फिदिम १९ साउन । पाँचथरका हिलिहाङ गाँउपालिका–६, भारपाको सल्लेरीमा आइतबार पिकअप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
फिदिमबाट फालेलुङ गाँउपालिकाको मेमेङ जादै गरेको मे १ ज २०७५ नम्बरको पिकअप दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए । दुर्घाटनामा परी सिराहाको लाहान नगरपालिका घर भई मेमेङ माविमा कार्यरत शिक्षक सत्यनारायण चौधरी गम्भिर घाइते बनेका छन् । उनको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि सुनसरीको धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको बताइएको छ ।
दुर्घटनामा पिकअपका चालक फालेलुङ गाँउपालिका–८, का २२ वर्षीय धिरज राई, सोहि गाँउँपालिका–४, का विन्दु गुरुङ सामान्य घाइते भएका छन् । स्टेरिङ जाम भएर पिकअप अनियन्त्रीत भई सडकबाट दश मिटर तल खसेको ट्राफिक प्रहरी प्रमुख तिम्सिनाले बताए ।
प्रतिक्रिया