काठमाडौँ । लगानी सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै अध्यागमन डेस्क सञ्चालन गरिएको छ । गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेस्कको स्थापना गरिएको हो । विमानस्थलको अध्यागमन कार्यालयको सहयोगमा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले अध्यागमन डेस्क स्थापना गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
बिहीबार उद्घाटन गरिएको अध्यागमन डेस्क विदेशी पाहुना, व्यवसायी तथा कूटनीतिक अधिकारीको सहजताका लागि चार दिनसम्म सञ्चालन हुनेछ । एनआरएनएका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताउँदै सम्मेलनमा सहभागी पाहुनाको सहजताका लागि डेस्क उपयोगी हुने उल्लेख गरे। सरकारले गैरआवासीय नेपालीलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै उहाँले आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया