काठमाडौं २६ फागुन । भारतको आम चुनावको सात चरणमा हुने भएको छ । ११ अप्रिलबाट सुरु हुने मतदान १९ मेमा सकिनेछ र २३ मे बाट मत गणना सुरु हुनेछ ।
भारतीय चुनाव आयोगले आज विज्ञान भवनमा पत्रकार सम्मेलन गरी आच चुनाव तालिका सार्वजनिक गरेको हो ।
९० करोडले गर्नेछन् मतदान
आयोगका अनुसार १७ औं लोकसभा गठनका लागि हुने चुनावमा ९० करोड मतदान सहभागी हुनेछन् । उनीहरु मध्ये ८ करोड ३४ लाख नयाँ मतदाता छन् । १८ देखि १९ वर्षका नयाँ मतदाता मात्र डेढ करोड रहेका छन् ।
आचारसंहिता लागू
निर्वाचनको मिति घोषणा भएसँगै आइतबारबाटै निर्वाचन आचारसंहिता लागू भएको छ । कुनै पनि मानिसले आचारसंहिता उल्लघनको जानकारी एन्ड्रोएड एपमार्फत दिन सक्नेछन् ।
पहिलो चरण : ११ अप्रिल स् ९१ सिट (आंध्र, अरुणाचल, गोवा, गुजरात, हरियाणा, हिमाचल, केरल, मेघालय, मिजोरम, नगालैंड, पंजाब, सिक्किम, तेलंगाना, तमिलनाडु, उत्तराखंड, अंडमान-निकोबार, दादरा नगर हवेली, दमन एंड दीव, लक्षद्वीप, दिल्ली, पुडुचेरी, चंडीगढ़)
दोस्रो चरण : १८ अप्रिल स् ९७ सिट (कर्नाटक, मणिपुर, राजस्थान, त्रिपुरा)
तेस्रो चरण : २३ अप्रिल स् ११५ सिट (असम, छत्तीसगढ़)
चौथो चरण : २८ अप्रिल स् ७१ सिट (झारखंड, मध्यप्रदेश, महाराष्ट्र, ओडिशा)
पाँचौं चरण : ६ मे स् ५१ सिट (जम्मू-कश्मीर)
छैटौं चरण : १२ मे स् ५९ सिट
र, सातौं चरण : १९ मे स् ५९ सिट (बिहार, उत्तर प्रदेश, प. बंगाल)
यो पनि पढ्नुहोस
प्रतिक्रिया