नैरोबी, २० फागुन । केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो ।
दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन ।
टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।
Last evening at about 8pm, a helicopter crashed at Central Island National Park in Lake Turkana, killing all its five occupants on board.
Security personnel dispatched to the scene confirmed that among the five were four Americans and the Kenyan Pilot. 1/3
— National Police Service-Kenya (@NPSOfficial_KE) March 4, 2019
प्रतिक्रिया