किटो, १० फागुन । इक्वेडरमा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभागले जनाएको छ ।
भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे तत्काल कुनै जानकारी आइनसकेको इक्वेडरका सरकारी अधिकारीले बताएका छन् ।
भूकम्पको केन्द्रविन्दु पेरूको सीमा क्षेत्रमा रहेको मोन्टाल्भो शहरबाट करिब १७ किलोमिटर टाढा अमेजन क्षेत्रमा १३२ किलोमिटर गहिराईमा रहेको विभागले जनाएको छ ।
दक्षिण अमेरिकामा अधिकांश ठूला भूकम्पहरू ७० किलोमिटर वा त्योभन्दा कम गहिराइमा जाने गरेको
विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारको भूकम्पपछि दुई पराकम्प पनि गएका र एउटा ६.० म्याग्निच्युडको रहेको इक्वेडरको भगर्व विज्ञान अध्ययन संस्थाले जनाएको छ ।
“अहिलेसम्म भूकम्पका कारण कसैको ज्यान गुमेको वा ठूलो भौतिक क्षति भएका खबर छैनन् तर कतिपय घरका झ्यालहरू फुटेका छन्,” माकास शहरका प्रमुख तार्किसियो ओजेदाले बताउनुभयो ।
भूकम्पपछि सरकारले सबै आपतकालिन उद्धार समूहहरूलाई उद्धारका लागि सक्रिय बनाइएको उहाँले बताउनुभयो ।
भूकम्पपछि कारण सुनामी आउने सम्भावनाबारे केही बताइएको छैन ।
सन् २०१६ मा इक्वेडरको पश्चिमी प्रान्तहरू मानावी र इस्मेराल्डासमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ६७३ जनाको मृत्यु भउको थियो भने तीन अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको थियो ।
प्रतिक्रिया