हेरात , ७ फागुन । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा तालिबानी लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा परी पाँच तालिबान लडाकू मारिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन् ।
अफगान राष्ट्रिय सैनिकले हेरात प्रान्तको जिर कोस जिल्लामा गरेको बिशेष कारबाही ती लडाकू मारिएका हुन् ।
प्रान्तीय सरकारद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा यस कारबाही परी कम्तीमा पाँच तालिबान लडाकू मारिनुको साथै दुई ओटा लागूपर्दाथ जाँच गर्ने प्रयोगशाला र एक बम बनाउने कारखानासमेत ध्वस्त भएको जनाइएको छ ।
यस कारबाहीको क्रममा घाइते भएका चारमा एक तालिबान कमाण्डर आम्रोद्दिन खानसमेत रहेको जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।
यस कारबाहीका बारेमा तालिबानी समूहले भने कुनै टिप्पणी गरेको छैन ।
प्रतिक्रिया