चितवन । प्रजातन्त्र दिवसका अवसरमा आज जिल्लाका सरकारी कार्यालय परिसरमा सरसफाइ गरिएको छ । प्रजातन्त्र दिवस मनाउन सरकारीस्तरबाट गठीत समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार सबै सरकारी कार्यालयमा प्रमुखसहितका कर्मचारीले सरसफाइ गरेका हुन् ।
उहाँले सरकारी कार्यालय परिसरमा फोहर बढेको गुनासो आएकाले आफ्नो कार्यालयको सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यस अवसरमा कार्यालय सफा गरिएको बताए।
प्रमुख जिल्लाअधिकारी जीतेन्द्र बस्नेतले आज जिल्लाका सबै सरकारी कार्यालय सफा गरिएको बताए । उहाँका अनुसार जिल्लामा संस्थानसहित १०८ सरकारी कार्यालय छन् । आइतबार सम्पन्न कार्यालय प्रमुखहरूको बैठकमा आज सबै कार्यालयमा सरसफाइ गर्न निर्देशन दिइएको थियो । प्रजातन्त्र दिवसकै अवसरमा मङ्गलबार बिहान प्रभातफेरी र रक्तदानको कार्यक्रम पनि गरिँदै छ ।
प्रतिक्रिया