काठमाण्डौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक पारेको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।
बैठकको सुरुमै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले समय मागेर बोलेका थिए । उनले कांग्रेसका नेताहरुको नाममा रहेका अस्पताल राजनीतिक पूर्वाग्रह राखेर खारेज गर्न लागिएको आरोप लगाए ।
संसद बैठकमा बोल्दै नेता गच्छदारले गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग पनि गरे ।
आज नै यही विषय उठाएर कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेको छ ।

प्रतिक्रिया