माघ १ गते अवसरका दिन पारेर झापाको कन्काई नदीमा मकर पूजा गर्दे भक्तजनहरु ः फोटो रासस
आज माघ १ गते नेपालभर विशेष उल्लासमय रह्यो । तरुल र रोटीको पर्वको रुपमा प्रसिद्ध माघी पर्व नेपालको भुगोल अनुसार फरक–फरक शैलीमा नेपालीहरुले यस पर्वलाई मनाए । पश्चिम कर्णालीदेखि पुर्वमा पाँचथर सम्ममा यस पर्वलाई धुमधामसहित मनाइयो । तराईका थारु समुदाय,मध्यपश्चिमका मगर समुदाय र घले गुरुङ समुदायले यस पर्वलाई विशेष पर्वको रुपमा मनाएका छन् । पुर्वका किरात लिम्बू ,राई,सुनुवार र याख्खा समुदायलेसमेत माघ १ लाई नयाँ वर्षको रुपमा निकै उल्लासका साथ मनाएका छन् । माघ १ गते देशका विभिन्न अवसरमा पर्वका झलकहरु ।
प्रतिक्रिया