वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले २२ औँ दिनमा अनसन तोडेका छन् । केसी र सरकारी वार्ता टोलीका प्रतिनिधिबीच १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएपछि केसीले अनसन तोडेका हुन ।
आइतबार बिहान ११ बजे डा. केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै केसीले २२ दिनदेखि जारी सत्याग्रह तोडेका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न उनी दसौंपटक अनसनमा बसेका थिए ।
प्रतिक्रिया