१८ माघ २०८१, शुक्रबार । January 31, 2025

खेलकुद

माल्दिभ्समा उत्कृष्ट गोलकिपर बने नेपालका किरण



नेपाली राष्ट्रिय टिमका गोल किपर किरण चेम्जोङले माल्दिभ्स फुटबलको वर्षको उत्कृष्ट गोलकिपरको उपाधि जितेका छन् ।

टिसी स्पोर्टसलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका चेम्जोङले माल्दिभ्स फुटबलको वर्षको उत्कृष्ट गोलकिपरको उपाधि जितेका हुन्।

माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा चेम्जोङसँगै न्यू रेडियन्टका मोह्मम फेजल र क्ल्ब इगल्सका सुजन परेरा मनोनयमा परेका थिए।

किरणको टोली ट्रस्ट एण्ड केयर ९टीसी० स्पोर्ट्स क्लबलाई सिजनको लिग उपाधि जिताएका चेम्जोङ लिगको सर्वोत्कृष्ट गोलकिपरसमेत भएका थिए।

किरणको टोलीले लिग अवधिभर खेलेका १६ खेल मध्ये ११ खेलमा क्लिन सिट राखेका थिए। उनले जम्मा ५ खेलमा मात्र गोल खाएका थिए।

प्रकाशित : १४ पुस २०७५, शनिबार ००:००