१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

नेकपाको बैठक एक्तावद्ध रुपमा सकिन्छ : प्रम ओली



काठमाडौ, पुस ।प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एकतावद्ध रुपमा सकिने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय प्राध्यापक संघको पाँचौ राष्ट्रिय सम्मेलनमा देशैभरीबट आएकाप्रतिनिधीसँगआज साँझ बालुवाटारमा भेटघाट गर्दैप्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीओलीले पार्टी भित्रसानातिना कुरामा कसैले विवादझिक्ने खोजेको भएपनित्यो उम्लेको दुध जस्तो मात्रभएको बताउनुभएको छ । “केही केही मान्छेहरुले सानोतिनो विवादलाई ठुलो बनाएकाथिए”प्रधानमन्त्रीओलीले भन्नुभयो “त्यो दुधउम्ले जस्तो मात्रहो । आगो निभाउँदा फ्यास्स । त्यसैले ढुक्क भए हुन्छ बैठक एकतावद्ध भएर सकिन्छ ।”
प्रधानमन्त्रीओलीले समृद्ध नेपाल सुखी नेपाली सबै देशबासीको चाहनाभएकोले त्यो पुरा गर्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । सरकारको यो लक्ष्य पुरा गर्न प्राध्यापकहरुको सहयोग पनिआवश्यक रहेको प्रधानमन्त्रीओलीको भनाइ छ । प्रधानमन्त्रीओलीले प्राध्यापकहरुलाई व्यवाशायिकदक्षताकायमगर्न सुझाउनभएको छ । “तपाईंहरु व्यावशायिक रुपमादक्षहुनुहोस र पेशाप्रति प्रतिवद्ध हुनुहोस” प्रधानमन्त्रीओलीले भन्नुभयो “शिक्षाविकासको मेरुदण्ड हो । यो मेरुदण्डबलियो बनाउने जिम्मातपाईंहरुको हो ।”

प्रकाशित : १२ पुस २०७५, बिहिबार ००:००