बायर्न म्युनिखले बेन्फिकामाथि फराकिलो जित निकाल्दै युइएफए च्याम्पियन्स लिग फुटबलको प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
जर्मन क्लब बार्यनले लिग अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगिज क्लब बेन्फिकामाथि ५–१ को शानदार जित निकालेको हो।
बायर्नको जितमा आर्जेन रोवेन र रोवर्ट लेवान्डोस्कीले २-२ तथा फ्रान्क रिवेरीले एक गोल गरेका थिए। बेन्फिकाका जेड्सन फर्नान्डिजले सान्तवना गोल फर्काए।
घरेलु मैदान एलिनाज एरिनामा १३औं मिनेटमा आर्जेन रोवेनको गोल गर्दै बार्यनलाई सुरूवाती अग्रता दिलाए। एकपक्षीय बनेको खेलको ३०औं मिनेटमा रोवेनले अर्को गोल थप्दै अग्रता दोब्बर पारे।
३६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले पहिलो हाफमै ३-० को अग्रता बनाउन सफल भएको थियो ।
दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको बेन्फिाकाले सुरूमै गोल गरेको थियो। जेड्सन फर्नान्डिजले गोल गरेपछि खेल ३–१ को स्थितिमा आएको थियो। तर, त्यसको केही समयपछि बायर्नले पुनः गोल थप्यो। खेलको ५१औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा पुर्याए।
खेलको ७६औं मिनेटमा फ्रान्क रिवेरीकले टोलीका लागि पाँचौ गोल गरेपछि बायर्नले बेन्फिकामाथि ५-१ को शानदार जित निकाल्न सफल भयो।
यो जितसँगै बायर्न समूह ‘ईं’ को विजेताको रुपमा प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ।
१२ मंसिर २०७५, बुधबार ००:००
0
Shares
प्रतिक्रिया