१८ माघ २०८१, शुक्रबार । January 31, 2025

अर्थ

राज्य सबै नागरिकको अभिभावक : प्रम ओली



काठमाडौं,११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सबै नागरिकको अभिभावक भएको बताउनुभएको छ ।
सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहको आज प्रज्ञा भवन कमलादीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“ राज्य नियन्त्रणकारी संस्था मात्रै हैन, नागरिकको अभिभावक पनि हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राज्यले भर÷अभरमा सुरक्षा दिने र श्रम गरे वापत उचित पारिश्रमिक दिने गर्दछ । आज त्यही कामको थालनी गरिएको हो ।” प्रधानमन्त्री ओलीले नागरिकका हितका लागि राज्यको भूमिका परिर्वतन हुनु आवश्यक भएको उल्लेख गर्नुभएको छ ।
अढाइ दशक अघि मनमोहन अधिकारीको सरकारको पालामा ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम सुरुवात गरेर सामाजिक सुरक्षाको क्षेत्रमा नयाँ प्रणालीको सुरुवात गरेको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ ।
आधुनिकतासँगै नेपालको सामाजिक र सहयोगी परम्पराहरु खण्डित हुन थालेपछि राज्यले केही नयाँ अभियान सञ्चालन गरेर जनतासँगको आत्मियता बढाउनु पर्ने महसुष भइरहेकोले यो कार्यक्रम सुरु गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्पे्ररित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सिङ्गो समाज मिलेर सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गर्दैछौं” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले जनतालाई हौसला दिने आफनो विगत देखि कै प्रयास भएको उल्लेख गर्नुभएको छ । “म ठान्दछु समाज निराशामा रहेको अवस्थामा हौसला दिनुपर्दछ । प्रणाली भत्केको बेलामा सपना देखाउनु पर्दछ र शासनको बागडोर हातमा पर्नासाथ ती सपना र आशहरुलाई मूर्तता दिने काम गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “विगतमा हामीले त्यसै ग¥यौं । र,अहिले पनि त्यही गर्दैछौं । ”
प्रधानमन्त्री ओलीले आफ्नो सम्पूर्ण प्रयास जनताका लागि हुने प्रतिवद्धता जनाउनुभएको छ । “मेरो सम्पूर्ण प्रयास जनताका लागि,सम्पूर्ण उपलब्धि जनताको सम्पति । पछाडी परेको वर्ग,क्षेत्र र समुदायलाई विशेष प्रवन्ध गरी अगाडि ल्याऔं । गरिवीको वितरण होइन ,सबै मिलेर समृद्धि हासिल गरौं,सबैलाई सुख बाँडौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राज्य रक्षक हो, संरक्षक हो, सहयोगी हो । यही हो ,लोककल्याण्कारी राज्य, समाजवाद उन्मुख लोकतान्त्रिक राज्य ।”
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक सुरक्षा कोष नेपालले आयोजना गरेको कार्यक्रमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री लगायतको उपस्थिती थियो ।

प्रकाशित : ११ मंसिर २०७५, मंगलबार ००:००