१८ माघ २०८१, शुक्रबार । January 31, 2025

ग्लोबल

सुन्य गरिबीको नजिक सिक्किम मुख्यमंत्रीः चाम्लिङ



 

काठमाण्डौं । सिक्किमामका मुख्यमंत्री पवन चाम्लिङले आफ्नो गौरबमय सरकार नेतृत्वमा भएका कामको विबरण सार्वजानिक गरेका छन् ।
भारत स्वतन्त्रताको ७२औं वार्षिक दिवसको अवसरमा सिक्किमे जनतालाई शुभकामना दिँदै आफु निर्वाचित भएपछि गरेका कामबारे सार्वजानिक गरेका हुन् । आफु निर्वाचित हुनु पहिले १९९३ मा सिक्किमे जनताको औसत प्रतिब्यक्ति आय ९ हजार ३ सय भएकोमा १६ सम्ममा ३ लाख ४० हजार पुगेको बताए । राजश्व पहिले ४२ करोड मात्र रहेकोमा, अहिले १ हजार ४५ करोड पुगेको , घरेलु सामग्री उत्पादन बजार ४०० हजार करोड रहेकामा अहिले २२ हजार करोड पुगेको बताए । पहिले ४१ प्रतिशत गरिव रहेकामा २०१२ मा ८ प्रतिशत मात्र रहेको बताएका छन् । केन्द्र सरकारले दिने सेवा सुविधा बाहेक थप सेवा सुविधा पनि सिक्किम सरकारले आफ्ना नागरिकलाई उपलब्ध गराएको पनि बताए । पहिलेको सिक्कि सरकारको पाला देखि हालको केन्द्रिय सरकार सम्मको आयकर सिक्किमेका लागि छुट भएको बताएका छन् । राज्यका जंगललाई ४ प्रतिशत वृद्धी गर्नुका साथै अग्र्यानिक स्टेट घोषणा भएको बताए ।
आफु मुख्यमंत्री पद सम्हालदा १ मात्र कलेज रहेकामा अहिले ७ वटा युनिभर्सिटी र २६ वटा कलेज स्थापना भएको बताए । कलेज सम्मको अध्यायन निःशुल्क, घरघरमा खानेपानी ब्यवस्था पुगेको, स्थानिय रैथाने लेप्चाहरुको आस्थाको केन्द्र सहित सवै जातजातिको आस्थाको केन्द्रपनि बनाईने घोषणा गरे । उनले संसारमा कुनै राज्यले बनाउन नसकेको रेकर्ड आफ्नो राज्यले बनाएको भन्दै नयाँ योजनामा बाँकी ८ प्रतिशत गरिवीलाई निर्मुल बनाउने बताए ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार ००:००