२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

काङमाङको बाटो एमाओवादी बाट एमाले !



काठमाण्डौं,
बिहिबार । संघीय समाजवादी फोरमका सचिव तथा प्रभावशाली नेता अजम्बर राई काम्माङ एनेकपा माओवादी पार्टी प्रवेश गर्ने भएका छन् ।
पत्रकार अर्जुन किरातीका अनुसार भोली शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले उनलाई पार्टी प्रवेशका लागि स्वगत गर्ने भएका छन् । अशोक राईले एमाले बाट विद्रोह गरी समाजवादी पार्टी गठन गर्दा उनको भुमिका ठूलो थियो । एमालेमा तत्कालिन केन्द्रीय सदस्य रहेका उनले माओवादीमा राम्रो जिम्मेवारी पाउने सम्भावना छ । स्मरणिय यस्तो छ, एमाओवादी पार्टी एमाले संग मिल्ने अन्तिम अवस्था रहेको बेलामा उनी माओवादी पार्टीमा प्रवेश गरेमा उनको प्रवेश एमालेमा प्रवेश गरेको सरह हुनेछ । पहिचानबादी भनेर पुर्वमा चर्चित नेता काङमाङको भुमिका कस्तो हुने भविस्य ले देखाउने छ ।

प्रकाशित : ८ चैत्र २०७४, बिहिबार ००:००