पाँचथर जिल्लाको याङवारक गाउँपालिकालाई पूर्ण अनलाईन व्यक्तिगत घटना दर्ता गाउँपालिकाको रुपमा आज एक कार्यक्रम आयोजना गरी घोषणा गरिएको छ । व्यक्तिगत घटना दर्ता सम्बन्धी सम्पूर्ण काम अब उप्रान्त अनलाईन प्रणालीमार्फत गरिनेछ । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा घोषणा कार्यक्रम आयोजना गरिएको थियो ।
व्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म, विवाह,मृत्यु,बसाइँसराई जस्ता घटनाका सम्पूर्ण काम अनलाईनमार्फत गरिने भएकाले कुनै पनि व्यक्ति नदोहोरिने, सामाजिक सुरक्षा लगायत सरकारी तथ्याङकलाई भरपर्दो र कार्य सम्पादनमा सहयोग पुग्ने याङवारक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए । याङवारक गाउँपालिका पञ्जिकरण प्रणाली अनलाईनमार्फत गर्ने पहिलो गाउँपालिका बनेको छ ।
प्रतिक्रिया