धरान । विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आईरहेको किरात राई सुम्निमा संघले बन्दना राईको अध्यक्षतामा ईटहरी उप–महानगर समिती शाखा गठन गरेको छ ।
शनिवार भएको भेलाले समितिको उपाध्यक्षमा कल्पना थुलुङ राई, सचिवमा पुनम राई र कोषाध्यक्षतमा गिता राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा गंगा राई, कल्पना, पदमा, बालकला राई गरी जम्मा १५ सदस्यको समिति रहेको समाजसेवी तथा अधिवेशन निर्वाचन समितिका अध्यक्ष ज्ञान किरातीले जानकारी दिए । भेलामा आदिवासी जनजाती महिला महासंघ सुनसरीकी सचिव माया राई लगायतको समेत विशेष उपस्थिति थियो ।
प्रतिक्रिया