२३ माघ २०८१, बुधबार । February 5, 2025

ग्लोबल

युक्रा संग फिप्नाको छलफल



न्युयोर्क । नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को अधिबेसन सफल बनाउने बारे छलफल सुरु भएको छ ।

पहिलो चरणमा किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) का प्रतिनिधि केन्द्रीय उपाध्यक्ष मुना राईको टोली संग छलफल भएको हो । छलफलले संस्थाहरुमा बिवाद भए मिलाउन पहल गर्ने र फिप्नाको अधिबेशनलाई सफल बनाउन एक्यबद्ध हुने निर्णय भएको छ । छलफलमा सहभागि अग्नी राईका अनुसार राईहरुको संस्था फिप्नाको प्रगतीको लागि सँधै साथ रहिरहेको र रहिरहने छ भन्ने विश्वास दिलाएको बताएका छन् । अग्नीका अनुसार फिप्नाका प्रतिनिधिहरुपनि छलफलबाट उत्साही भएको बताएका छन् ।
छलफलमा फिप्नाका तर्फबाट अधिबेशन संयोजक लेकन लामा, नरेन्द्र थापामगर, तेन्जिङ युक्याव सहभागि थिए । युक्राका तर्फबाट अन्य सहभागिहरुमा न्युयोर्क शाखा अध्यक्ष केशबराम राई, सदस्य रुद्र राई, युवा संयोजक शुक्रराज राई, किरात राई खालिङ समाजका उपाध्यक्ष पर्खि खालिङ राई सहभागि थिए ।

प्रकाशित : ४ मंसिर २०७४, सोमबार ००:००