काठमाडौँ, २१ असोज (रासस) ः राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष गणेशबल्लभ प्रधानको ८३ वर्षका उमेरमा गए राति निधन भएको छ ।
श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित वरिष्ठ पत्रकार प्रधानको स्थानीय ब्लुक्रस नर्सिङ होममा उपचारका क्रममा निधन भएको उहाँका छोरा शिरीषबल्लभ प्रधानले बताउनुभयो ।
स्व प्रधानका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । स्व प्रधानको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया