२५ माघ २०८१, शुक्रबार । February 7, 2025

मुख्य खबर

सर्पको डसाइबाट मृत्यु



कञ्चनपुर, २२ भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ की १७ वर्षीया राधिका जैशीको बुधबार सर्पको डसाइबाट मृत्यु भएको छ ।

सर्पले डसेपछि उपचारका लागि कैलालीको धनगढीतर्फ लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको स्थानीय भारमल सुनारले बताउनुभयो ।

“नगरपालिकास्थित स्वास्थ्य चौकीमा एन्टीस्नेक भेनम नहुँदा उहाँलाई उपचारका लागि २५ किलोमिटर टाढाको धनगढी लैजाँदै गर्दा मृत्यु भएको छ”, उहाँले भन्नुभयो ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००