रामपुर (पाल्पा), १९ भदौ । विजय प्राथमिक विद्यालय रामपुर नगरपालिका–७ सर्पराज पाल्पाको पुस्तकालय व्यवस्थापनका लागि आर्थिक रकम सहयोग प्राप्त भएको छ ।
जापानका नाकाजीमा सिकाको भाइलिङ्गको सहयोगमा रु एक लाख रकम सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीले जानकारी दिनुभयो ।
जापानिज समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले विद्यालयका अध्यक्ष तिवारीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । जापानी नागरिक नाकाजीमा सिकाको भाइलिङ्गले यसअघि पनि पुस्तकालय व्यवस्थापनका लागि रु एक लाख ३६ हजार आर्थिक रकम सहयोग गरिसक्नुभएको छ ।
प्रतिक्रिया