२५ माघ २०८१, शुक्रबार । February 7, 2025

मुख्य खबर

लोकसेवा आयोगको नवनिर्मित भवन उद्घाटन



डोटी, १८ भदौ । लोकसेवा आयोग सुदूरपश्चिम क्षेत्रीय निर्देशनालय दिपायलको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ ।

रु दुई करोड ८३ लाख ७९ हजार ७४३मा निर्माण भएको उक्त भवनको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

आधुनिक शैलीमा निर्माण भएको सो भवनबाट सुदूरपश्चिममा आयोगका लागि आवश्यकताअनुसारको महत्वपूर्ण कार्य सम्पादन हुने आयोगका क्षेत्रीय निर्देशक ताराप्रसाद भट्टराईले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष मैनालीले कर्मचारीहरु पुरानै पाराका हुँदा परिवर्तन स्थापित गर्न समस्या भइरहेको बताउनुभयो ।

“कर्मचारीले परिवर्तनअनुसार काम नगरे परिवर्तन संस्थागत हुन सक्दैन”, उहाँले भन्नुभयो ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००