काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विरुद्ध उजुरी दर्ता भएको छ ।
चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार चितवन-२ का उम्मेदवार समेत रहेका लामिछानेको विरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएको हो ।
लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग छ ।
बुधबार नै लामिछानेलाई परेको उजुरी बारे स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
नेपालको नागरिकता सम्बन्धि कानुन नेपाल नागरिकता ऐन २०६३ बमोजिम कुनै पनि मुलुकको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुन्छ ।
प्रतिक्रिया