१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Breaking

७४ लाख रुपैयाँसहित हुण्डीको कारोबार गर्ने तीन जना पक्राउ



काठमाण्डौ । स्रोत नखुलेको ७४ लाख रुपैँयाँ सहित हुण्डी कारोबार गर्ने तीन जना पक्राउ परेको छ । काठमाडौं नरदेवीबाट पक्राउ पर्नेको साथबाट नगरसहित विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ ९ थान चेक समेत बरामद भएको छ । ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं बबरमहल बस्ने भारत राजस्थान शिखर देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ घर भएका २० वर्षीय रामहरि दुलाल र काठमाडौं चावहिल बस्ने रौतहट चन्द्रपुर नगरपालिका(४ घर भएका २४ वर्षीय सुदिप आचार्य रहेका छन् ।
गैरकानुनी रुपमा हुण्डीको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोमबार उनीहरुलाई नियन्त्रण लिएको थियो ।

उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार ००:००