एजेन्सी । श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपाक्षेले जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलंकाली संसदका राजीनामाका विषय जानकारी गराएका छन् ।
राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तीमा जनाइएको छ ।
श्रीलङ्काका विभिन्न राजनीतिक दलहरुले राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै आएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिंघेले यस अघि नै राजीनामा दिने बताइसकेका छन् ।
प्रतिक्रिया