काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आज शुक्रवारबाट आइपीओ खुला गर्ने भएको छ । शुरुमा फागुन २३ गते आइतवारबाट आईपीओ निष्कासको मिति तोकिए पनि आजबाटै निष्कासन गर्न लागेको बताइएको छ ।
कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
आइतवारबाट निष्कासन गर्दा मेरो सेयरमा पर्ने चापले नियमित सेयर कारोबारको सेटलमेन्टमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै कम्पनीले मिति परिवर्तन गरेर आजबाट आईपीओ बिक्री खुला गर्न लागेको हो ।
यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ ।
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया