काठमाडौं, १२ पुस । ३६ जना सांसदको हस्ताक्षरसहित प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रदेशसभा सचिवालयमा राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको बुझिएको छ ।
यसअघि शनिवार प्रदेश १ का मुख्यमन्त्री राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए ।
त्यस्तै आज नै प्रदेश नं १ का २ राज्यमन्त्रीसहित ३ जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।
भिम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव परेको छ । प्रस्तावकमा इन्द्रबहादुर आङ्बो, समर्थक लक्षमण तिवारी रहेका छन् ।
प्रतिक्रिया