काठमाडौँ । नेपालमा थप १३० जनामा कोरोना भाइरस थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार ६१३ पुगेको छ ।
कोरोनाबाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या ७५ छ । डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार १२८ पुगेको छ ।
प्रतिक्रिया