१७ माघ २०८१, बिहिबार । January 31, 2025

मुख्य खबर

१०० जनामा कोरोना संक्रमण पुष्टि, २०७ सात जना डिस्चार्ज



काठमाडौं, ७ साउन । पछिल्लो २४ घण्टामा नेपालमा १ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएको उनले जानकारी दिए । योसँगै निको हुनेको संख्या १२ हजार ६८४ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार ००:००