काठमाडौं, १ साउन। सिन्धुपाल्चोकमा फेरि पहिरोले दुई घर बगाउँदा केही मानिसहरू बेपत्ता भएका छन्।
भोटेकोशी गाउँपालिकाको वडा नम्बर–४ फुल्पिङकट्टीमा गएराति गएको पहिरोले दुई घर पुरिएको हो।
दुई घरमा कति मानिस थिए भन्ने यकिन भएको छैन। गाउँपालिकाको उपाध्यक्ष दाफुटी शेर्पा लामाले स्थानीयवासीले पाँच जना भएको हुन सक्ने बताएको बताइन्।
उनले पहिरो गएको स्थलमा प्रहरी टोली जाँदै गरेको पनि बताएकी छिन्। भोटेकोशी नदीमा राति बाढी आएको थियो। जलसतह डेढ मिटर बढेको छ।
यसअघि बाह्रबिसेको जम्बु बजार नै पहिरोले बगाएको थियो। दुई जनाको शव फेला परेको थियो। अझैसम्म २० जना भन्दा बढी मानिस बेपत्ता भएका छन्।
प्रतिक्रिया