२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

बलात्कार आरोपमा सशस्त्रका एसएसपी नियन्त्रणमा



काठमाडौं ३१ असार । बलात्कार आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

युवतीको मौखिक उजुरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : ३१ असार २०७७, बुधबार ००:००