काठमाडौं, ३१ असार । सुनमा नयाँ रेकर्ड कायम भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार २ सय रहेको थियो । आज तोलामा ६ सयले बृद्धि भइ प्रतितोला छापावाला सुन ९२ हजार ८ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार ३ सय ६० पुगेको छ ।
त्यस्तै बुधवार चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य ९ सय ९५ रहेकोमा आज तोलामा १० रुपैयाँले बृद्धि भइ प्रतितोला चाँदी १ हजार ५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया