काठमाडौं ३१, असार । स्वास्थ्य सामग्री खरिद प्रकरणमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन्।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार खरिद प्रक्रिया अगाडि बढाएको खरिदमा संलग्न तीन जना सरकारी अधिकारीले बताएपछि छानबिनमा मन्त्री पोखरेल तानिएका हुन्।
समन्वय समितिको संयोजक पोखरेल हुन। सङघीय संसदको सार्वजनिक लेखा समितिले उनलाई बोलाउने भएको छ। समिति सभापति भरतकुमार शाहले स्वास्थ्य सामग्री खरिदका विषयमा बुझ्न छलफलमा बोलाइने बताए।
मङ्गलबार बसेको लेखा समितिको बैठकमा तत्कालीन स्वास्थ्य सचिव (हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका) यादव कोइरालाले गत चैत ११ गतेको उच्चस्तरीय समन्वय समितिबाट निर्देशन प्राप्त भएअनुसार प्रक्रिया अघि बढेको बताएका थिए।
तत्कालीन सचिव कोइरालाले जस्तै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठले पनि भनेका छन्।
स्रोत र सामानको दर यकिन नभएपनि उच्चस्तरीय समितिले तत्काल खरिद गर्न निर्देशन दिएपछि खरिद प्रक्रिया अगाडि बढाएको बताएका छन्।
पछिल्लो पटक ओम्नीसँगको ठेक्का रद्द गरेपछि भने समितिले नेपाली सेनालाई खरिदको जिम्मा दिएको थियो। तर, सेनाले खरिद गरेको सामानमा पनि भ्रष्टाचार भएको आशंका गरिएको छ।
यसअघि नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल भने यसअघिनै औषधि खरिदको अनियमितता जोडिएका छन्।
प्रतिक्रिया