![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/Enough-is-Enough.jpg?resize=720%2C480)
काठमाडौं २२, असार । इशान अधिकारी ‘इ’ र पुकार बमको ‘इनफ इज इनफ’ अभियानप्रति विभिन्न क्षेत्रका व्यक्तित्वहरूले ऐक्यवद्धता जनाएका छन्।
नेपाली नागरिकको जीवन रक्षाका लागि कोभिड–१९ को सबल व्यवस्थापनको माग गर्दै थालेको उक्त अभियानको उदेश्य र समय सान्दर्भीक रहेको उनीहरूको ठम्याई छ।
अभियानप्रति पूर्वमन्त्री परशुराम वाइबा तामाङ, सांसद कांग्रेस सांसद अभिशेख प्रताप शाह, डा. दिनेश प्रसाई, राप्रपाका प्रभावशाली युवा नेता सगुनसुन्दर लावती, प्रा.डा. सितुलाल श्रेष्ठ, डा.निश्चलनाथ पाण्डे, कलाकार अस्मिना रन्जित, संगीतकार सलिल सुवेदीलगायत १४ जनाले आज (सोमबार) अभियानप्रति ऐक्यवद्धता जनाएका हुन्।
‘महामारीको प्रभावकारी व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गर्ने अभियानको उद्देश्य संवेदनशील र समय सान्दर्भिक छ’, ऐक्यवद्धता पत्रमा भनिएको छ, ‘अभियानका माग र वार्ताप्रति सरकार गम्भीर नदेखिनु चिन्ताको विषय बनेको छ, सरकारको उदासीनता निन्दनीय छ।’
अभियान्ताद्धय अधिकारी र बम बिना खाना र पानी ११ दिनदेखि सत्याग्रहमा छन्। उनीहरूले पिसिआर टेस्टको दायरा बढाउनु पर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका मागहरू राख्दै आन्दोलन स्वरूप सत्याग्रह बस्दै आएका छन्।
‘शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासमा युवाहरूको स्वतःस्फूर्त सहभागिता स्वागतयोग्य घटनाक्रम हो’, ऐक्यबद्धता जनाउँदै भनिएको छ, ‘यसै पनि युवाहरूको जिम्मेवार पहल सरकारकै सहयोगमा छ, देश र नागरिकको हितमा छ।’
उनीहरूले सत्याग्रही इः र पुकारको संवेदनशील स्वास्थ्य स्थितिसमेतलाई मध्यनजर गर्दै अभियानका मागहरू अविलम्ब सम्बोधन गर्न सरकारलाई आह्वान पनि गरेका छन्।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/106588339_2596237394025826_3516640907301886229_n.jpg?resize=720%2C800)
प्रतिक्रिया