२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

करेन्ट लाग्दा एक जनाको मृत्यु



काठमाडौं २२, असार । महोत्तरीको महोत्तरी गाउँपालिका–४ का ६० वर्षीय रामगोपाल रायको करेन्ट लागेर आज( सोमबार) दिउँसो मृत्यु भएको छ।

आफ्नै घरको मोटर जडान गरी पाइपमा पानी तान्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।

जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा उनको दिउँसो नै मृत्यु भएको हो।

प्रकाशित : २२ असार २०७७, सोमबार ००:००