काठमाडौं २२, असार । नेपालमा कोरोना संक्रमितको सङ्ख्या १६ हजार नजिक पुगेको छ। गएको २४ घण्टामा थप १८० जनामा संक्रमण देखिएको छ।
यससँगै कोरोना संक्रमितको सङ्ख्या १५ हजार ९६४ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा २६२ जना निको भएर अस्पतालदेखि घर फर्केका छन्।
हालसम्म ३२ जनाको मृत्यु भएको छ। देशभर संक्रमण फैलिँदो क्रममा रहेको छ।
प्रतिक्रिया