२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

ढलमा पनि कोरोना भाइरस !समुदायमा फैलिएको आशंका



काठमाडौं २०, असार । काठमाडौं उपत्यकाको ढलमा पनि कोरोना भाइरस (कोभिड–१९) फेला परेको अनुसन्धानमा संलग्न एक संस्थाले दाबी गरेको छ।

सेन्टर फर मलिकुलर डायनामिक्स नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स–२’ को अध्ययनले उपत्यकाको दुई ठाउँको ढलमा कोभिड भाइरस फेला परेको जनाएको छ।

उसले उपत्यकाको चार ठाउँको ढलमा नमुना परीक्षण गरेको उल्लेख छ। उक्त संस्थामा आबद्ध बैज्ञानिक डा. दिवेश कर्माचार्यकाअनुसार संक्रमण समुदायमा फैलिँदै गएको देखाएको छ।

उनले कुनै कोरोना संक्रमित व्यक्तिको दिसा नभई समुदायकै ढलको नमुना परीक्षण गर्दा उक्त तथ्य फेला बताए।

प्रकाशित : २० असार २०७७, शनिबार ००:००