![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/thunder-1024x683.jpg?resize=720%2C480)
काठमाडौं १८, असार । चट्याङले लाग्दा बारामा चार जना महिलाको मृत्यु भएको छ। सात जना महिला घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार कलैया उपमहानगरपालिका १२ की ३५ वर्षीया आशा देवी, ४५ वर्षीया अलिमा खातुन र फेंटा गाउँपालिका १ की ४० वर्षीया सुनरपती देवीसँगै ३० वर्षीया तेंडु देवीको मृत्यु भएको हो।
बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बिहान साढे ७ बजेतिर चट्याङ लागेको बताए। उनले चट्याङले लागेर फेंटा गाउँपालिका– १ कि बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोसिता देवी र शीला देवी घाइते भएको पनि बताए।
घाइतेहरूको अवस्था गम्भीर रहेकाले उपचारका लागि वीरगञ्ज पठाइएको उनको भनाई छ। उनीहरू खेतमा धान रोप्दै थिए। सोही बेला चट्याङ परेको हो।
प्रतिक्रिया