१८ माघ २०८१, शुक्रबार । January 31, 2025

ग्लोबल

९० लाख सिरियाली भोकमरीको संघारमा



काठमाडौं १६, असार । सिरियाली नागरिक भोकमरीको सङ्कटमा पर्ने देखिएको छ।

हालै केही अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको एक अध्ययनले ९० लाख सिरियाली नागरिक भोकमरीको सङ्कटमा फस्ने देखाएको हो।

नर्वेजियन शरणार्थी परिषद्, अक्सफाम, केयरलगायत संस्थाहरुले अनुसन्धान गरेको थियो।

गृहयुद्धमा फसेको सिरियामा अहिले पनि लाखौं नागरिकले खाद्य सङ्कट बेहोर्दै आएका छन। अब केही समयपछि नै भोकमरी सुरू हुने ती संस्थाहरूले चेतावनी दिएका छन्।

संस्थाहरूले सिरियामा सहायता बढाउन पनि अन्तराष्ट्रिय सहयोगदाताहरूलाई अपिल गरेका छन्। हालैका दिनमा पश्चिमा राष्ट्रहरूले संयुक्त राष्ट्रसंघलाई पनि मानवीय सहायताका लागि सिरियामा सामग्री तत्काल पठाउन आग्रह गरेको छ।

सिरियाली सरकारले राहत वितरण सम्भब नभएको भन्दै बेलायत लगायत सरकारलाई हवाई माध्यमबाट राहत वितरण गर्न आग्रह गर्दै आएको छ। सिरिया एक दशकदेखि द्वन्द्धमा फसेको छ।

photo credit : indiegogo.com

प्रकाशित : १६ असार २०७७, मंगलबार ००:००