मकवानपुर,१४ असार । मकवानपुरको भीमफेदी गाउँपालिका–७ दमारमा भीमफेदी टिपरमा चढ्न खोज्दा लडेर एक जनाको मृत्यु भएको छ।
भीमफेदीदेखि इपातर्फ जाँदै गरेको सगुन कन्ट्रक्सनको लु.१ क ४२२८ नम्बरको गुडीरहेको टिपरमा चढ्न खोज्दा लडेर सोही गाउँपालिका दमार बस्ने ६० वर्षीय जीतबहादुर रानाको आज (आइतबार) दिउँसो मृत्यु भएको हो।
लडेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
प्रतिक्रिया