१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

अटोमेटिक पेस्तोल र गोलीसहित धनकुटाका युवक धरानमा पक्राउ



काठमाडौं ११, असार । सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट अटोमेटिक पेस्तोलसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको सहीदभूमि गाउँपालिका वडा नम्बर–६ का २७ वर्षीय रोशन राई रहेका छन्।

प्रहरीले राईको साथबाट पेस्तोलमा म्याग्जिन १ थान, लोड भएको गोली ३ राउण्ड, मोबाइल २ थान र सिम कार्ड ६ थान बरामद गरेको जनाएको छ।

विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१५ स्थित घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी लुकाएर राखेको अवस्थामा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार उनीविरुद्ध जिल्ला अदालत सुनसरीबाट हातहतियार खरखजाना मुद्दामा ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित : ११ असार २०७७, बिहिबार ००:००