२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

विभेदरहीत ढङ्गले प्रहरीले काम गर्नुपर्छ : प्रहरी महानिरीक्षक ज्ञवाली



काठमाडौं ११, असार । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बद्लिँदो परिस्थितिअनुसार आउने सबै किसिमका जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरू नमूनाको रूपमा प्रस्तुत हुनु पर्ने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेस र कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृत निवासको उदघाटन गर्दै महानिरीक्षक ज्ञवालीले
प्रहरीको हरेक कामकारवाही पनि विभेदरहित हुनुपर्ने बताए।

आफ्नो दायित्व निर्वाह गर्दा सरोकारवाला विभिन्न निकायसँग समन्वय गरी कानूनसम्मत तथा सबैलाई समान रुपमा व्यवहार गर्नु पर्ने पनि ज्ञवालीको भनाई छ।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहसँगै स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सर्लाही प्रहरीको विभिन्न भवनहरू नेपाल प्रहरीको १२ करोड ४१ लाख २९ हजार ४ सय २० रूपैयाँ लागतमा निर्माण हुने भएको छ।

प्रकाशित : ११ असार २०७७, बिहिबार ००:००