२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण, म्याग्दीमा मात्रै थप ६ जना संक्रमित



काठमाडौं ११, असार । म्याग्दीमा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। बिहीबार (आज) बिहान एक महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरूको पिसिआर विधिबाट पोखरा क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेडौंडामा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले विज्ञप्ती जारी गर्दै संक्रमितहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लाने तयारी भएको बताएका छन्।

म्याग्दीका ६ जना बाहेक गण्डकी प्रदेशको नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिकाका एक जना पुरुष र एक जना महिला, बागलुङको गलकोट नगरपालिकाका दुई जना र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १ जनामा पनि आज बिहान कोरोना संक्रमण पुष्टि भएको छ।

थपिएका ११ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ७५३ जना पुगेको छ।

प्रकाशित : ११ असार २०७७, बिहिबार ००:००