काठमाडौं ११, असार । चट्याङले लागेर सप्तरीमा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
बिहीबार (आज) बिहान परेको चट्याङले लागेर चार जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका वडा नम्बर–२ का ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव र राजगढ गाउँपालिका १ का अर्का एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले राजगढ गाउँपालिका वडा नम्बर–१ का एक जना घाइते भएको बताएका छन्। गम्भीर घाइते र मृतक सोही ठाउँका मानिसको पहिचान खुल्न बाँकी छ।
प्रतिक्रिया