३० बैशाख २०८२, मंगलबार । May 13, 2025

समाचार

बालयौन दुरूपयोग अभियोगमा युवक पक्राउ



काठमाडौं ८, असार।पर्वतमा ११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

प्रहरीले कुश्मा नगरपालिका–४ बस्ने १९ वर्षीय बिपिन परियारलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। शनिबार दिउँसो परियारले ती बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोग लागेको छ।

उनीविरुद्द प्रहरीले बालयौन दुरुपयोग अपराध मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद थप भई अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित : ८ असार २०७७, सोमबार ००:००